राजा चढेको गाडीमा बम फाल्ने पार्टी कांग्रेस होः प्रवक्ता शर्मा

मकवानपुर । नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रसाद शर्माले नेपाली काँग्रेसलाई जिस्काउनु घातक हुने बताएका छन् । कांग्रेसलाई बाघको संज्ञा दिदै सुतेको बाघलाई नजिस्काउन सरकारलाई चेतावनीसमेत दिएका छन् ।
नेपाली काँग्रेस मकवानपुरले आज आयोजना गरेको सरकार विरोधी प्रदर्शनलाई हेटौंडामा सम्बोधन गर्दै शर्माले एमाले र माओवादीबीच भएको एकता कुनैसैदान्तिक एकता नभएर सत्ताको लागि मात्रै एकता भएको आरोप लगाए ।
उनले अहिलेको सरकार सिज भएको गाडीको इन्जिन जस्तै भएको बताए । उनले कम्युनिष्ट सरकारलाई सच्चिन र सहिबाटोमा हिड्न आग्रह गर्नका लागि कांग्रेस सडकमा आएको बताए।
उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार भ्रष्टाचारमा लिप्तरहेको भन्दै चाहना नहुदाँ नहुदै अहिलेको परिसथीतिमा सडकमा आउनु परेको बताए ।
उनले नेकपाका अध्यक्ष र प्रधानमन्त्रीलाई इंकित गर्दै प्रचण्ड र केपी ओली लगायत बाबुराम, विप्लब सबै आमाको गर्भमा रहनु भन्दा अघिदेखि काग्रेसले काधमा बन्दुक बोकेर राणाशासनको बिरुद्धमा लडेको बताए ।
नेपाली काँग्रेस जेठो भएको स्मरण गराउँदै शर्माले जेठो दाइको घर भुकम्पले भत्कियो भन्दैमा अन्तरे जन्तरेहरु जेठो हुन नसक्ने बताए ।
कांग्रेस बन्दुक उठाउने काममा पनि जेठो भएको बताउँदै रोल्पा र मकवानपुरको कुनै गाउँ वा प्रहरी चौकीमा नभएर २०१८ सालमा राजा महेन्द्र चढेको गाडीमा बम फाल्ने पार्टी रहेको बताए ।
कांग्रेस पढाउँदै गरेको शिक्षक, किराना पसले, कर्मचारीलाई अपहरण गर्ने पार्टी नभएको भन्दै २०३० सालमा आकासमा उड्दै गरेको प्लेन विराटनगरमा नेविसंघका युवाहरुले अपहरणको घटना सुनाए ।
उनले जनता मारमा परेका बेला सरकारलाई जिन्दावाद भनेर नारा लगाउन नसक्ने पनि बताए ।