रिद्धिसिद्धी सिमेन्टको गिङ्ङु खानीमा स्थानीयको अबरोध

हेटौडा न्युज
३० मंसिर २०७७, मंगलवार १३:३१
;

मकवानपुर । रिद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानीमा स्थानीयहरुले अबरोध गरेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ मा रहेको सो सिमेनट उद्योगले संचालन गरेको चुन ढुङ्गा खानीमा स्थानीयहरुले अवरोध गरेका हुन् ।

चुनढुङ्गा उत्खनन्को क्रमाम स्थानीयको घर नै पुरिन थालेको भन्दै उनीहरुले तत्काल पुर्नबासको माग गर्दै खानी बन्द गरेर बिरोध गरेका हुन् ।

स्थानीयहरुले आइतबार खानीमा पुगेर नाराबाजी सहित उत्खनन् कार्य रोकेका थिए । करिब ६० जनाको संख्यामा पुगेका स्थानीयहरुले तत्काल पुर्नबासको ब्यवस्था गर, जर्बजस्ती घरबास उठाउन बन्द गर, उचित मुआब्जाको ब्यवस्था गर जस्ता प्लेकार्ड बोकेर बिरोध समेत गरेका थिए ।

स्थानीयले खानी उत्खनन क्षेत्रमा ट्रिपर समेत रोकेका थिए । टिपर रोकेर खानीबाट उत्खनन् गरी ल्याइएको कच्चा पदार्थलाई खन्याउन लगाएर सडक अबरोध गरेपनि सोमबार बिहानै उद्योगले बल प्रयोग गरी खानी सुचारु गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले खानी अनुमगन गर्दै जनताको माग सम्बोधन गरेर खानी सञ्चालन गर्न उद्योगलाई निर्देशन दिएका थिए । तर स्थानीय जनप्रतिनिधिहरुसँग सम्झौता गरी उद्योगले खानी सञ्चालन गरेपनि स्थानीयहरुले आफ्ना मागहरु पुरा नभएको भन्दै सहमति जनाएका छैनन् ।

स्थानीयबासीहरुले उचित पुर्नबास गराउनुपर्ने, उचित मुल्यमा स्थानीयको जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा १० लाख रुपैयाँभन्दा कम रकम प्राप्त हुनेलाई अन्यत्र पुनर्बास गराउनुपर्ने लगायत माग राखेका छन् ।

स्थानीयको उचित व्यवस्थापनबिना नै खानी सञ्चालन गरेपछि गिङुङुका करिब एक दर्जन परिवार विस्थापित भइसकेका छन् । अन्य करिब एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*