सैनिक शासन लागू गर्न भन्दै हेटौंडामा पाञ्चायन् पूजा

मकवानपुर । देशमा अब शैनिक शासन लागू गराउनु पर्ने भन्दै बागमती प्रदेशको राजधानी हेटौँडामा पाञ्चायन् पूजा गरिएको छ । आफुलाई एक स्वतन्त्र नागरिक मात्रै बताउने हेटौँडा वडा नम्बर २ का राकेशकुमार शर्माले नेपालमा तत्काल सैनिक शासन आवश्यक रहेको भन्दै हेटौँडा ५ स्थित सानोपोखरा चोकमा आफ्नै खर्चमा पाञ्चायन् पूजा गरेका हुन् ।
गत २०७७ पौष ०५ गते संसद विघटन पश्चात् मूलुकले मध्यावधि निर्वाचनको आर्थिक भार थेग्न नसक्ने र पछिल्ल्ला दिनहरुमा राजनैतिक दलहरु देश र जनताको पक्षमा भन्दा आफूआफूमै लुँछाचुडी गर्न व्यस्त भएकाले मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता भएको शर्माले बताएका छन् ।
उनले केही दिन अघि पर्साको वीरगन्जमा संवैधानिक राजसंस्था मूलुकको आवश्यकता भन्दै राजसंस्थाको न्वारन समेत गरेका थिए । आज पाञ्चायन पूजा गर्ने शर्माले यस अघिपनि तत्कालीन संविधान सभाका ६ सय १ सदस्यको सामूहिक श्राद्ध समेत गरेका थिए ।