संसद विघटनको विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु संसद विघटनको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनीहरु बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनको निर्णय बदरको माग गर्दै मंगलबार अदालत पुगेका हुन् ।
नेकपाकै सांसदहरु देव गुरुङ, शशी श्रेष्ठ, रामकुमारी झाँक्री लगायतका नेताहरु रिट बोकेर सर्वोच्चमा पुगेका थिए ।
उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक कदम भएको दावी गरेका छन् ।
रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।