भीमफेदीबाट काठमाडौंसम्म गाडी बोक्ने घलानको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउने हिराबहादुर घलानको मृत्यु भएको छ ।
तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउने ८९ वर्षीय घलानको गएराती मृत्यु भएको हो ।
मकवानपुरको थाहा नगरपालिका– ५ निवासी घलान र दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाको मृत्युसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।
घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए ।
एक वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै बसेर आराम गरिहेका थिए ।