आगामी चुनावमा कम्युनिष्टहरु पत्तासाफ हुन्छन्ः अध्यक्ष केसी

बुटवल । संसद पुनस्र्थापना गर्नुुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माग राखेका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष केसीले संसद विघटन गर्नु अलोकतान्त्रिक र असंवैधानिक कदम भएकोले अदालतले संसद पुनस्थापना गर्न माग गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेकै दिन सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।
केसीले नेपालमा राष्ट्र कोरोना महामारी लगायतका कारण आर्थिक संकट परेको बेलामा मद्यावधी चुनाव गराउनु उपयुक्त नरहेको बताए ।
उनले ओलीले केही अराजनीतिक तत्व, दलाल र माफियाहरुलाई अवसर दिएको आरोप लगाए ।
कम्युनिष्ट आन्दोलनबारे टिप्पणी गर्दै उनले नेपालमा कम्युनिष्ट पार्टी नै नरहेको भन्दै उनले आगामी चुनावमा कम्युनिष्टहरु पत्तासाफ हुने समेत ठोकुवा गरे ।
केसीले लोकतन्त्रको रक्षा गर्न, राष्ट्रियता, संविधान, धर्म निरपेक्षताको उल्टाउनको लागी समेत यो संसद विघटन गरीएको उनले बताए ।
केसीले संघीयता तत्काल खारेज गर्नुपर्ने आवश्यकता रहेको भन्दै जनमोर्चाले यसको विरुद्ध अझ थप शसक्त आन्दोलनको तयारी गरेको समेत बताए ।