ओली समूहको बैठकमा बादल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको बैठकमा पुगेका छन् । बादल बिहीबार बालुवाटारमा जारी ओली समुहको बैठकमा सहभागी भएका हुन् ।
यसअघि कुनै समूहको बैठकमा नगएका बादल ओली समुहको बैठकमा पुगेका छन् ।
बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएको भएपनि अन्ततः बादल ओलीतर्फ लागेका छन् ।
यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् ।
ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा बस्दैछ ।











