ओली पक्षको चेतावनीपछि मकवानपुरमा प्रचण्ड–नेपाल पक्षको भेला स्थगित

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरमा ओली पक्षका कार्यकर्ताहरुको चेतावनी पछि प्रचण्ड–नेपाल पक्षले भेला स्थगित गरेका छन् । ओली समुहले पार्टी कार्यलयमा गुटगत भेला वा बैठक गरेमा ताला लगाउने चेतावनी दिएपछि प्रचण्ड–नेपाल पक्षले भेला स्तगित गरेका छन् ।
नेकपा मकवानपुरको पार्टी कार्यालयमा केहि दिनदेखि प्रचण्ड–नेपाल गुटको बैठक बस्दै आएको थियो ।
आज पनि कार्यलयमा प्रचण्ड–नेपाल गुटको बैठक भएमा ओली पक्षका कार्यकर्ताहरुले ताला लगाउने तयारी गरेका थिए ।