गृहमन्त्री थापाका राजनीतिक सल्लाहकारले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले राजीनामा दिएका छन् । सुवेदीले बिहीबार गृहमन्त्री थापाको राजनीतिक सल्लाहकारको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
गृहमन्त्री थापा केपी शर्मा ओली समूहतिर लागेपछि उनका राजनीतिक सल्लाहकार सुवेदीले राजीनामा दिएका हुन् ।
उनले राजनीतिक र नैतिक दृष्टिले पनि आफूले गृहमन्त्री थापाको साथ छाडेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।