ओली पक्षले गर्यो ७ प्रदेशमा संयोजक नियुक्त
बागमती प्रदेशमा ईश्वर पोखरेल
काठमाडौं । पार्टी समन्वयका लागि नेकपाको ओली समूहले ७ वटै प्रदेशमा संयोजक तोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको ओली पक्षको बैठकले ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको हो ।
जसअनुसार १ नम्बर प्रदेशमा सुवासचन्द्र नेम्वाङ, २ नम्बर प्रदेशमा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ छन् ।
लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट तोकिएका छन् ।











