प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । कांग्रेस भ्रातृ संगठन नेविसंघको अयोजनामा शुक्रबार सर्वोच्च अदालत अगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीमध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदर्शनमा विद्यार्थीहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका थिए ।











