प्रधानमन्त्री ओलीद्वारा पाँच मन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रित्त रहेका ५ मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहका ५ जना मन्त्रीले सामुहिक राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रवार नियुक्ती गरेका हुन् ।
जसअनुसार टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रम मन्त्रीमा प्रभु साह रहेका छन् ।
मणि थापा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई नियुक्ती दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी रहेको छ ।