संसद विघटन विरुद्ध जसपा मकवानपुरको मशाल जुलुस
मकवानपुर । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी मकवानपुरले शनिबार मशाल जुलुस निकालेको छ । संसद विघटन असंवैधानिक कदम भएको भन्दै जसपा मकवानपुरले मशाल जुलुस निकालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओेलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको संसद विघटन विरुद्ध जसपाले गरेको संघर्षका कार्यक्रम अनुसार मसाल जुलुस निकालिएको जसपा मकवानपुरले जनाएको छ ।
हेटौँडा बजारको बैँक रोडबाट शुरु भएको उक्त जुलुुस सिमा चोकमा पुगेर विसर्जन गरेको थियो ।
जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिगामी ओली सरकार मुर्दावाद, असंवैधानिक कदम खारेज गर, प्रतिनिधिसभा पुनर्स्थापना गरौँ जस्ता नारा लगाएका थिए ।
जुलुशमा केन्द्रीय नेताहरु सोनाम सिं स्याङतान, सोबिन थिङ लगायतका प्रदेश तथा जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।
जसपाले आज आइतबार हेटौँडामा विरोध सभा गर्ने तयारी समेत गरेको छ ।











