हेटौंडामा प्रचण्ड–माधव पक्षको कार्यकर्ता प्रशिक्षण भेला

हेटौडा न्युज
१२ पुष २०७७, आईतवार ११:०३
;

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा०को प्रचण्ड–माधव समुहले हेटौंडामा जिल्ला अगुवा कार्यकर्ता प्रतिक्षण भेलाको आयोजना गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहले आइतबार हेटौंडाको रोयल पार्टी प्यालेसमा भेलाको आयोजना गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको असंवैधानिक संसद विघटको विषयमा वडा तहसम्मका कार्यकर्तालाई जानकारी दिने र भावि रणनीतिको बारेमा छलफल गर्न भेलाको आयोजना गरिएको नेकपाका जिल्ला सचिवालय सदस्य कमानसिं पाख्रिन पृथकले जानकारी दिएका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा भेला बिहान ११ बजे भेला सुरु हुने जनाइएको छ ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विरोध खतिवडा र केन्द्रीय सदस्य तथा पार्टी मकवानपुरको सह– इन्चार्ज कुमारी मोक्तान र बागमती प्रदेश सभा सदस्य एवम् नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामीले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी कार्यकर्ताहरुलाई प्रशिक्षण गराउने छन् ।

नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*