नदिएको राजिनामा स्वीकृत, कर्मचारीले फसाए: विष्ट

हेटौडा न्युज
१९ पुष २०७७, आईतवार २३:१५
;

मकवानपुर । मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ठले आफुले पदबाट राजीनामा नदिएको दावि गरेकी छिन् । आज एक पत्रकार सम्मेलन आयोजना गरि राजिनामा नदिएको बताएकी हुन् ।

उनले नदिएको राजिनामा स्वीकृत भएको भन्ने समाचार फेक भएको समेत बताइन् ।

राजिनामा दिएको नभइ त्यो कुनै कर्मचारीले किर्ते गरि बनाएको पत्र रहेको बताउदै यसका विरुद्ध आफु अदालत जाने उनको भनाइ थियो ।

अहिले पनि आफु नियमित काममा रहेको र यो अहिलेको समस्या पार्टी फुटको समस्या पनि हुन सक्ने बताइन् ।

२ कर्मचारिको नाम समेत उल्लेख गर्दै उनले आफुमाथी अन्याय भएको बताउदै जानेर आफुले राजिनामा नदिएको बताइन् ।

आफुलाई फसाउन बारम्बार ती कर्मचारी लागि परेको र उनिहरुले नै किर्ते गरी यो काम पनि गरेको उनको आरोप थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*