शनिबार बैंक खुला राख्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । भोली दोसो त्रैमासको अन्तिम दिन भएकाले राजश्व संकलनका लागि बैंकका काउन्टर खुला गर्न निर्देशन दिएको हो ।
निर्देशन अनुसार राजश्व असुली गर्ने बैंक काउन्टर खुल्नेछन् । राजश्व असुली नगर्ने बैंकलेसमेत क्लियरिङ युनिट भने खुला राख्नेछन् ।
केही बैंकहरुले भने सूचना निकालेरै शनिबार बैंक खुला हुने जानकारी गराएका छन् । राष्ट्र बैंकले नियमित कामका लागि नभएर राजश्व संकलनका लागि बैंक काउन्टर शनिबार पनि खुला राख्न भनेको हो ।