लागूऔषध गाँजासहित ८ जना पक्राउ

हेटौडा न्युज
२४ पुष २०७७, शुक्रबार १४:१५
;

मकवानपुर । मकवानपुरको मनहरीबाट १ सय ३० किलोग्राम लागूऔषध गाँजा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरीको गाउँपालिका–८ सिमपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डबाट ४४ किलो र मनहरी–६ रुपाचुरीबाट ८६ किलो लागूऔषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजा, २५ वर्षीय दिपक लामा, ५२ वर्षीय कान्छाराम लामा ४५ वर्षीय गोपाल चेपाङ्ग, ३१ वर्षीय रतन सिङ्गतान, ३६ वर्षीय उद्धास ब्लोन, २५ वर्षीय प्रेम मोक्तान र कैलाश गाउँपालिका–४ बस्ने ३४ वर्षीय सिताराम सिङ्गतान रहेका छन् ।

पक्राउ परेको उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*