प्रधानमन्त्रीले संविधानको मर्ममा छुरा हान्नुभयोः खतिवडा

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहको थाहा नगरमा विस्तारित बैठक सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा बोल्दै नेता खतिवडाले हाल प्रधानमन्त्रीले संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरि संसद भंग गरेर संविधानमा छुरा हानेको बताए ।
नेता खतिवडाले आफ्नै पार्टी भित्र समेत सर्वसम्मत हुन नसक्ने मान्छे राजनेता नहुने भएकोले हाल प्रधानमन्त्रीले बोलेको कुराको पछि नलाग्न कार्यकर्ताहरुलाइ अनुरोध गरे ।
नेकपा थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको बैठकमा नेकपा बागमति प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट, सदस्य महेश्वर सुबेदि, मकवानपुर जिल्ला कमिटि सचिवालय सदस्य तथा संगठन बिभाग सहसंयोजक कमान सिं पाख्रीन, जिल्ला कमिटि सचिवालय सदस्य तथा थाहा नगर इन्चार्ज बिष्णु प्रसाद ढकाल, जिल्ला कमिटि सदस्य तथा थाहा नगर सह इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्यहरु कल्याण बिक्रम घलान, जयराम रायमाझी थाहा नगर सचिवालय सदस्य कल्पना बलामि लगायतले मन्तब्य राखेका थिए ।
बैठकमा नेकपा मकवानपुर जिल्ला कमिटि सचिवालय लवशेर बिष्ट, जिल्ला सदस्य तारा सिन्तान, गौतम बुद्ध लामा, ईश्वर लाल रुम्बा, किरणमान बल लगायतको उपस्थिति रहेको थियो ।