बकैयामा कांग्रेसको विरोध प्रदर्शन

हेटौडा न्युज
२५ पुष २०७७, शनिबार १५:३६
;

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले बकैया गाउँपालिकामा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ । बकैया गाउँपालिका–४ जुरेलीमा शनिबार संसद विघटनविरुद्ध विरोध कार्यक्रम गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध नेपाली कांग्रेसले देशका ३ सय ३० वटा प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा आयोजना गरेको हो ।

पुस २५ गतेको निर्णय अनुसार देशका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रममा अनुसार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १, प्रदेश निर्वाचन क्षेत्र १ को ‘क’ को बकैया गाउँपालिकाको जुरेलीमा विरोध कार्यक्रमको आयोजना गरेको हो।

कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सचिव सुवात सिंह थिङको सभाध्यक्षता भएको विरोध कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

विरोध कार्यक्रमलाई कांग्रेस मकवानपुर कोषाध्यक्ष गोपीलाल वि.क, जिल्ला सह–सचिव रामबाबु बानियाँ, कांग्रेस मकवानपुर सल्लाहकार दामोदर सुवेदी, नेपाली कांग्रेस संघिय क्षेत्र नम्बर १ को सभापति तथा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, कांग्रेस मकवानपुर महासमिति सदस्य धर्म लामिछाने, नेविसंघ मकवानपुरका सभापति राजु खतिवडा लगायतकाले सम्बोधन गर्दै केपी शर्मा ओलीले संसद विघटन गरि संवैधानिक कु गरेको आरोप लगाएका छन।

विरोध कार्यक्रममा जिल्ला सदस्य सुसान्त श्रेष्ठ, नामदेव शिलवाल, दोर्जे लामा स्याङतान, तरुण दल जिल्ला सचिव सचित थापा, नेपाल शिक्षक संघ मकवानपुरका सचिव टिका प्रसाद दाहाल, काग्रेस बकैया गाउँपालिकाका सभापति भुमिनन्द गौतम, बागमती गाउँपालिकाका सभापति भक्तबहादुर राई, गढी गाउँपालिकाका सभापति राजविर मोक्तान, हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, महाधिवेशन प्रतिनिधि उर्मिला पुलामी, सहकारी विभाग सदस्य मिठ्ठाराम दाहाललगायत कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*