ओली पक्षको नेकपा मकवानपुरको जिम्मा श्रेष्ठलाई

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मकवानपुर जिल्ला अध्यक्षमा एकलाल श्रेष्ठलाई चयन गरिएको छ । नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई पदबाट हटाउँदै सो पक्षको अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिएको हो ।
ओली पक्ष नेकपाको शनिबार हेटौँडामा भएको अगुवा कार्यकर्ता भेलाबाट सिग्देल र पुलामीलाई पदबाट हटाएको नेकपा ओली समुहका जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले जानकारी दिए ।
सिग्देल र पुलामी प्रचण्ड–नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का निकट हुन् ।