कांग्रेस मकवानपुरको वडा स्तरमा विरोध प्रदर्शन आज

हेटौडा न्युज
८ माघ २०७७, बिहीबार ११:०९
;

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आज वडास्तरमा प्रतिनिधि संभा विघटन विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस मकवानपुरको आज जिल्लाको १०२ वटै वडाबाट सरकारको गलत कदमको विरोध गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि संभा विघटन गरेको भन्दै आज वडास्तरबाट विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टी प्रवक्ता प्रदिप कोइरालाका, विरोध प्रदर्शन आज बिहान ११ बजे जिल्लाका सबै वडाहरुबाट एकैसाथ गरिनेछ । पार्टी मकवानपुरका पदाधिकारीहरु पनि विभिन्न वडामा जानेगरी कार्यक्रम तय गरिएको छ ।

विरोध प्रदर्शन हुने स्थान, समय र संयोजन गर्ने व्यक्ति समेत निर्धारण गरी ब्यानरसहितको विरोध प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको प्रवक्ता कोइरालाले बताए ।

कांग्रेसले यसअघि जिल्ला क्षेत्र र १० वटै पालिकाबाट विरोध प्रदर्शन गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*