ओलीलाई बेलैमा ठेगान नलगाएर गल्ती गरे: प्रचण्ड

हेटौडा न्युज
१० माघ २०७७, शनिबार ११:५०
;

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधब नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई सडकबाटै तह लगाउने चेतावनी दिएक छन् । शुक्रबार काठमाडौँमा बृहत् शक्ति प्रदर्शन सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

ओलीले प्रतिनिधिसभा मात्र नभई संविधान र शान्ति प्रक्रियालाई नै विघटन गर्न खोजेको उनको भनाई थियो । उनले ओलीको सो कदमका विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिए ।

ओलीलाई बेलैमा ठेगान नलगाएर आफूहरूले गल्ती गरेको भन्दै प्रचण्डले माफीसमेत मागे ।

उक्त समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबिरुद्ध उपत्यकामा डेढ लाख मानिस उतारेको दाबी गरेको छ ।

विरोध सभालाई नेकपाका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*