चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरीखाने अभियान’

हेटौडा न्युज
१५ माघ २०७७, बिहीबार १५:५३
;

पर्सा । नेपाली कांग्रसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । अरबपति उद्योगी विनोद चौधरीको नेतृत्वमा कांग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको हो ।

बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अभियान घोषणा गरिएको हो । नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियानको घोषणा गरेको कांग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योगी चौधरीले कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरीखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने बताए ।

चौधरीले कांग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए । चौधरीले सरकारले विभिन्न किसिमका योजना घोषणा गरेपनि कार्यान्वयन नभएको गुनासो गरे ।

पूँजीको कुनै अभाव छैन, विना धितो प्रमाणपत्रको आधारमा ऋण उपलब्ध छ भन्ने उद्घोष दिनदिनै सुनेका छौं । तर कतिले रोजगारी पाए त ? कति उद्यम खडा भए त ? नवप्रवर्तन उद्यमी कति खडा भए त ? भन्ने गम्भीर प्रश्न पनि उभिएको चौधरीले बताए ।

गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउने कांग्रेसले जनाएको छ । जस अन्तर्गत आज प्रदेश २ को वीरगञ्जमा पहिलो छलफल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*