बन्दकर्ता र मजदुरबीच झडप
सुनसरी । सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ । धरानमा नेकपा प्रचण्डमाधब समुहले आह्वान गरेको आमहड्ताल सफल बनाउन सडकमा उत्रिएका प्रदर्शनकारी र मजदुरबीच झडप भएको हो ।
बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो ।
बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो ।
अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।











