चितवनमा हरिणलाई ठक्कर दिएर भागेका चालक पक्राउ

हेटौडा न्युज
५ फाल्गुन २०७७, बुधबार ११:५३
;

चितवन । रत्ननगर नगरपालिकाको सिँचाइगेट अगाडिको सडकमा हरिणलाई ठक्कर दिएर भागेको सवारीलाई प्रहरीले पक्राऊ गरेको छ । चपुरबाट नुवाकोटका लागि जाँदै गरेको ना ६ ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिएर भागेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जनाए अनुसार सो हरिणको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटना गराउने ट्रकसहित चालक फरार भएका थिए ।

प्रहरीले भरतपुर, रामनगरबाट देवचुली वडा नम्बर – १ का चालक अनिल कुमाललाई ट्रकसहित नियन्त्रणमा लिइएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*