हेटौंडामा फर्निचर व्यवसायीको छैठौं साधारणसभा सम्पन्न

हेटौडा न्युज
८ फाल्गुन २०७७, शनिबार १३:३३
;

मकवानपुर । फर्निचर व्यवसायीहरुको छाता संगठन नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको छैठौं साधारण सभा आज हेटौंडामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षता तथा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख प्रसाईले नेपाली माटो सुहाउँदो फर्निचर उत्पादनमा जोड दिंदै हाल विदेशबाट आयातित फर्निचर सामग्रीलाई विस्तापित गर्न सबै व्यवसायीहरुलाई आग्रह गरेका छन् । फर्निचर तयार गर्ने कालीगढहरुको वृत्ति विकास गर्दै फर्निचर उत्पादनमा आत्मनिर्भर हुनु नै आजको आवश्यकता भएको प्रदेश प्रमुख प्रसाईंको भनाई रहेको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायत फर्निचर व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*