प्रदेश १ मा आज अविश्वासको प्रस्ताव टेबल हुने, बैठक रोक्न सभामुखद्वारा अस्वीकार

हेटौडा न्युज
९ फाल्गुन २०७७, आईतवार १२:१९
;

विराटनगर । प्रदेश नम्बर १ मा आज दिउँसो २ बजे प्रदेश सभा बैठक बस्ने भएको छ । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईको सरकार विरुद्ध अविश्वासको प्रस्ताव टेबल हुने कार्य तालिका रहेको बताईएको छ ।

मुख्यमन्त्री राईले आजको बैठक स्थगन गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेतापनि सभामुख भण्डारीले त्यसलाई अस्वीकार गरेका थिए । आजको बैठक आफूले रोक्न नसक्ने र अविश्वासको प्रस्ताव टेबल हुने भन्दै आज दिउँसोको लागि बैठक आह्वान गरेका छन् ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो । तर सांसदहरुको अवरोध पछि सभामुख भण्डारीले १४ दिनका लागि संसद् स्थगन गरेका थिए । मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई आग्रह गरेका थिए भने, नेकपाको प्रचण्ड–नेपाल समूहलाई प्रस्ताव फिर्ता लिन अनुरोध समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*