“दलित भित्रैको जातीय विभेदको अन्त्य गरौं” – मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
११ चैत्र २०७७, बुधबार १५:५६
;

मकवानपुर । प्रदेश सरकारले आफ्नो प्रदेश नीतिमा दलितमैत्री नीति लागू गर्नुपर्ने भन्दै आज हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजमा दलित भनिएकाहरुको बीचमा समेत ठूलोसानो भन्दै एकअर्कामा जातीय विभेद रहेको बताएका छन् । हामी जो आफूलाइृ दलित भन्छौं, विभेदको अन्त्यका लागि विभिन्न कार्यहरु गरिरहेका छौं । तर दलित समुदाय भित्रै जातीय विभेद रहेकाले पहिलो काम त्यसलाई अन्त्य गर्न मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन् । समाज रुपान्तरण गर्ने हो भने, आफ्नो परिवारबाट नै गर्नु पर्ने मुख्यमन्त्री पौडेललको भनाई रहेको थियो ।

तुलनात्मक रुपमा केही दशक अघि सम्मको सामाजिक अवस्थामा उल्लेख्य परिवर्तन आएको अन्तक्र्रियामा बताईएको थियो । संविधान बमोजिम दलितहरुको हक अधिकार सम्बन्धी ऐन कानुनको पूर्ण रुपमा कार्यान्वयन हुने हो भने जातीय विभेदको अन्त्य हुने बताईएको छ ।
कार्यक्रममा फाउण्डेशनले तयार पारेको दलितमैत्री ऐनको प्रस्तावित मस्यौदा मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरिएको थियो ।

अन्तक्र्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी (छिन्तु) र जुनेली श्रेष्ठ, प्रदेशका प्रमुख सचिव मानबहादुर विक, सामाजिक मन्त्रालयका सचिव दीपक काफ्ले लगायतको सहभागिता रहेको थियो । कार्यक्रम फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*