सहकारीले समृद्धि ल्याउन सहयोग गरेको मन्त्री लामाको भनाई

हेटौडा न्युज
२१ चैत्र २०७७, शनिबार ०९:४७
;

मकवानपुर । बागमती प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दाबादोर्जे लामाले समाजको समृद्धिमा सहकारीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न बितरण गर्ने कार्यक्रममा शुक्रवार मन्त्री लामाले सहकारीहरु सामाजिक क्षेत्रमा समेत सहभागी भएकोमा खुशी ब्यक्त गरेका छन् ।

६४ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश स्तरीय मुल समारोह समिति २०७७ को आयोजनामा शुक्रबार हेटौंडामा रहेका तीन ओटा आश्रममा फलफुल तथा १ दिनलाइ पुग्ने खाद्यान्न खरिदका लागि चेक हस्तान्तरण गरिएको थियो । खाद्यान्न खरिदको लागि मानब सेवा आश्रम हेटौंडा ९, मामाघर नेपाल हेटौंडा ११, राजदेवी असहाय आश्रम हेटौंडा ३ मा चेक र फलफुल बितरण गरिएको हो ।

कार्यक्रममा सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देबकोटा, बागमती प्रदेश भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार बिक्रम प्रसाद पाण्डे, बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा उत्कृष्ट सहकारी कर्मचारीमा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका ब्यवस्थापक सुमित्रा कुमारी वाइबालाई सम्मान गरिएको थियो ।

सञ्चारकर्मी राजकुमार केसीको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*