स्पोर्टस् जुत्तामा आधा किलो सुन

हेटौडा न्युज
२१ चैत्र २०७७, शनिबार १०:०७
;

काठमाडौं । त्रिभुवन विमानस्थलमा आधाकिलो सुनसहित २ जना पक्राऊ परेका छन् । आफूले लगाएको स्पोर्टस् जुत्तामा सुन लुकाएर दुवई काठमाडौको उडानमा आएका सिन्धुपाल्चोकका विष्णु भण्डारी र सुन लिन आएका काभ्रेपलाञ्चोकका कमलकृष्ण केसीलाई पक्राऊ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताएका छन् । छन् ।

प्रहरीका अनुसार विमास्थलमा चेकजाँचका क्रममा जुत्तामा लुकाईएको ५ सय १६ ग्राम सुन बरामद गरिएको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*