हेटौंडामा स्कूल बस र अटो ठोक्किदा २ जना घाईते

हेटौडा न्युज
२९ चैत्र २०७७, आईतवार १२:०६
;

मकवानपुर । हेटौंडा वडा नम्बर १९ नेवारपानीमा दुई सवारी साधन एकापसमा ठोक्किएर आज दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ को नेवारपानीमा स्कूलबस र अटो एकआपसमा ठक्कर खाएको हो ।

मनहरी तर्फबाट आएको ना २ ह ४९३० नम्बरको अटो र विपरीत दिसाबाट आउदै गरेको शिक्षा विकास शिशु सदनको ना १ क ३९९७ नम्बरको स्कुलबस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा अटोमा सवार दुईजना घाइते भएका छन् ।

दुर्घटनाबाट घाइते हुनेमा अटो चालक मनहरी–३ हाँडीखोला बस्ने ४९ बर्षीय राजकुमार थिङ र सोही स्थानका यात्रु ३१ बर्षीय सुरेन्द्र थिङ रहेको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस र चालक नेवारपानी प्रहरीको नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*