घरेलु उद्योग संघमा उप्रेती, महिला समितिमा बानियाँको नेतृत्व

हेटौडा न्युज
३१ चैत्र २०७७, मंगलवार १२:०७
;

मकवानपुर । मकवानपुर घरेलु तथा साना उद्योग संघको आठौं अधिवेशनबाट अध्यक्षमा गणेशहरी उप्रेती अध्यक्ष चयन भएका छन् । हिजो सोमबार हेटौंडामा संघको आठौं अधिवेशन भएको थियो ।

अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा सुर्वणलाल श्रेष्ठ, द्धितीय उपाध्यक्ष होमराज मगर, महासचिवमा कुमार पौडेल, कोषाध्यक्षमा रामहरि तिमल्सिना, सचिवमा शिव प्रसाद खतिवडालाई चयन गरिएको छ । संघको सदस्यहरुमा विष्णुकुमार नेपाल, सूर्यप्रसाद पौडेल, टंक काफ्ले, दिपेन्द्र कार्की, अमित श्रेष्ठ, मेनुका श्रेष्ठ, चम्फुरत्न लामा, रिना गौतम, यतिराज सापकोटा, गीता मैनाली रहेका छन् । त्यस्तै, महिला उद्यम समितिको सभापतिमा सौन्दर्यकर्मी सन्तोषी बानियाँ चयन गरिएको छ । अधिवेशनले संघको नगर अध्यक्षमा तारा कार्कीलाई चयन गरिएको छ । केन्द्रीय अध्यक्ष श्याम गिरीको प्रमुख अतिथ्यता तथा संघका अध्यक्ष तारानाथ चौलागाइको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*