काठमाडौं प्लाजा ‘सिल’

हेटौडा न्युज
३ बैशाख २०७८, शुक्रबार १६:१२
;

काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा आज ‘सिल’ गरिएको छ । ट्रष्टले काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि सञ्चालकहरुले खाली नगरेपछि ट्रष्टले प्लाजा सिल गरेको हो ।

प्लाजा सिल भएपछि त्यहाँ रहेका सबै पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । सो भवन नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ । सो सम्झौता कार्यान्वयन गर्न हालका सञ्चालकलाई प्लाजा खाली गराउन पटकपटक समय दिईएको समयलाई बेवास्ता गर्दै आएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*