झापामा चट्याङ लागेर गस्तीमा हिडेका असईको मृत्यु

हेटौडा न्युज
२१ बैशाख २०७८, मंगलवार १२:२५
;

झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार असई ठाकुरसहितको टोली सोमबार राति करीब ११ बजेतिर साईकलमा गस्तीमा रहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए ।

चट्याङ लागेर घाईते भएका उनलाई भद्रपुरको ओमसाई पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । ४७ बर्षीय असई ठाकुरलाई हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार गस्तीमा खटिएका अन्य प्रहरीहरु भने सुरक्षित नै रहेको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*