बारामा गुडिरहेको ट्रकको टायर पड्केर आगलागी

हेटौडा न्युज
२१ बैशाख २०७८, मंगलवार १२:३९
;

मकवानपुर । हेटौडाबाट बाराको सिम्रौनगढ तर्फ गईरहेको मालबाहक ट्रकमा आगलागी भएको छ । सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको हो । बाराको कोल्हबी नगरपालिका– ४ स्थित तामागढी–कोल्हबी सडकखण्डमा आज बिहान ९ बजे ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गुडिरहेको ट्रकको पछाडिको चक्का पड्किएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

आगलागीबाट करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा सिमेन्ट नष्ट भएको छ भने ट्रकमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय निजगढ र दुईवटा दमकलको सहयोगमा करीब आधा घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*