बागमती प्रदेश यूवा परिषदको उपाध्यक्षमा चौलागाई नियुक्त

हेटौडा न्युज
४ असार २०७८, शुक्रबार १५:०८
;

मकवानपुर । बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा मकवानपुरका युवा सन्तोष चौलागाई नियुक्त भएका छन् । आज शुक्रबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई यूवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन् । यूवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा यूवाको नीति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने बताईएको छ ।

नवनियुक्त उपाध्यक्ष चौलागाईलाई समग्र यूवा विकासकालागि यूवाहरुको सक्रियता बढाउने गरी काम गर्ने अपेक्षा गरिएको छ । बागमती प्रदेशको यूवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तर्वार्ताका लागि छनौट गरेकोमा चौलागाई सफल भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*