मकवानपुरमा नीजि सबारीसाधन जोरबिजोर प्रणालीमा

हेटौडा न्युज
७ असार २०७८, सोमबार १२:४४
;

मकवानपुर। मकवानपुरमा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गरी सोमबार राती १२ बजेबाट नीजि सबारीसाधन जोरबिजोर प्रणालीमा सञ्चाल गर्न पाईने भएको छ ।
कोरोना भाईरस संक्रमण न्यूनिकरणको लागि भन्दै प्रशासनले जारी गरेको निषेधज्ञालाई मोडालिटि परिवर्तन गर्दे खुकुलो बनाउन मकवानपुर पशासनले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले असार ७ गते राती १२ बजेबाट असार १४ गते राती १२ बजेसम्म निषेधज्ञा थप गरेसंगै नीजि सबारीसाधनलाई जोरविजोर प्रणालीमा संञ्चालन गर्न दिईने भएको हो । प्रशासनले सार्वजनिक यातायात संञ्चालन गर्न अनुमती दिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*