भोलिबाट काठमाडौंमा २५ सिट माथिका सार्वजनिक बस चल्ने
मकवानपुर । काठामाडौं उपत्यकामा कोरोना संक्रमण न्युनिकरणकालागि बन्द गरिएको सार्वजनिक सवारी सञ्चालनलाई केही खुकुलो पार्ने निर्णय भएको छ । काठामाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिबाट उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।
आज सोमबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर–बिजोर प्रणालीमा २५ सिट क्षमताका सार्वजनिक बसहरुलाई सूचारु गर्ने निर्णय भएको जनाईएको छ ।
निर्णय अनुसार सञ्चालनमा रहेका बसहरुले स्वास्थ्यको मापदण्ड पूरा गर्न बसमा सेनिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी अनिवार्य गरिएकोछ ।










