प्रविधिको प्रयोगबाट भ्रष्टाचार न्युनिकरण गर्न सकिन्छ: मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रविधिको प्रयोगबाट भ्रष्टाचार न्युनिकरण गर्न सकिने बताएका छन् ।
शुक्रबार प्रदेशभित्र सवारीसाधनहरुको राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दे मुख्यमन्त्री पौडेलले प्रविधिको प्रयोगबाट भ्रष्टाचारर न्युनिकरण गर्न सकिने बताएका हुन् ।
सेवाग्राहीको सहजताका लागी प्रदेश सरकारले नयाँ प्रविधि प्रयोगमा ल्याएको भन्दै मुख्यमन्त्री पौडेलले भने, “भ्रष्टाचारर रोक्नका लागि प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सेवा दिन शुरू भएको छ । अब यातायात क्षेत्रका सबै समस्या सामाधान हुँदै जानेछ । नयाँ प्रविधिमा केही असहजता आए पनि त्यसलाई मिलाएर लैजाने छौं । निवर्तमान प्रधानमन्त्रीले भने अनुसार नै प्रदेश सरकार डिजिटल प्रविधिमा गएको छ । डिजिटल बागमती भने अनुसार नै प्रदेश सरकार अगाडि बढेको आजबाट देखिएको छ । प्रविधिमैत्री प्रदेश बनाउन सबैको सहयोमा मात्रै सफल हुनसक्ने छ ।”











