दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

हेटौडा न्युज
११ श्रावण २०७८, सोमबार १२:०९
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेकालागी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बजे बस्न लागेको हो । आइतबार मात्रै प्रधानमन्त्री देउवाले काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री बनेको दुई सातापछि देउवाले राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । पाँचदलीय गठबन्धनभित्र मन्त्रीको बाँडफाँट र पार्टीका विवाद नमिलेको हुनाले मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधवकुमार नेपाल पक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल पक्ष ठोस निष्कर्षमा पुग्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*