जसपा विवादमा रेशम चौधरी तटस्थ

हेटौडा न्युज
११ श्रावण २०७८, सोमबार १५:३६
;

मकवानपुर । रेशम चौधरी जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा तटस्थ बसेका छन् ।

डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।

सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*