मुख्यमन्त्री पौडेलले गरे पक्की पुलको उद्घाटन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरगढी गाउँपालिका वडा नंबर ५ को ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको शनिबार उद्घाटन गरेका छन् ।
३ करोड ११ लाख रुपैँयाको लागतमा निर्माण उक्त पुलको निर्माण गरीएको हो । पुलको उद्घाटन गर्दे मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई गति दिएको बताए ।
उनले प्रदेश सरकारले गरेको कामको उपलब्धीहरु जनताले महशुस गर्न थालेको बताए । पुल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई, स्थानीय जनप्रतिनिधि, लगाएतकाको उपस्थिति रहेको थियो ।











