मंगलवार हेटौंडामा ३५ जनाको स्वाब सङ्कलन

मकवानपुर । हेटौंडा –१० गोरक्षेश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलवार ३५ जनाको स्वाब सङ्कलन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार मंगलवार बिहान १८ जना महिला र १७ जना पुरुष गरी जम्मा ३५ जनाको नमुना स्वाब सङ्कलन गराएको हो ।
सङ्कलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको निरीक्षक चौलागाईले जानकारी दिए ।