देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
८ आश्विन २०७८, शुक्रबार १७:४६
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ३ जना र ५ हजार १ सय १५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*