विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे निष्कासित
मकवानपुर । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।
पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । पाण्डेले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानका नाममा हिजो २ सय १ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । यसलाई पार्टी विभाजनको प्रयासका रुपमा लिएर संस्थापन पक्षले पाण्डेलाई निश्काशित गरेको हो ।
पार्टीको संयोजक पदमा रहेका पाण्डेको कार्यकारी अधिकार भने यसअघि नै खोसिएको थियो । विवेकशील साझा पार्टीले पाण्डेलाई लेखेको कारवाही सम्वन्धी पत्रमा पार्टीको नाम, लेटरहेड, छाप, चुनावचिन्ह लगायतका सामग्री प्रयोग नगर्न भनिएको छ । यदि प्रयोग गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी पनि दिइएको छ ।