गभर्नर अधिकारी बुधबारदेखि काममा फर्किए

मकवानपुर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि आफ्नो नियमित काममा फर्किएका छन् ।
सर्वोच्च अदालतले मंगलबार गर्भनरलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका हुन् । काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । उनले आफूले व्यावसायिक ढङ्गले काम गर्ने र पूर्वाग्रह नराख्ने बताए । राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको भन्दै उनले आफूले ‘बायस’ भएर काम नगर्ने दोहो¥याए ।
राष्ट्र बैंकमा हाजिर हुन पुगेका अधिकारीलाई कर्मचारीहरुले स्वागत गरेका थिए । स्वायत्त संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै राष्ट्र बैंकका कर्मचारीहरुले विरोध जनाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर अधिकारीलाई निलम्बन गराएका थिए ।