सञ्चारकर्मी तथा साहित्यकार मसान उपासकको एक साथ दुई कृति विमोचन

हेटौडा न्युज
१५ बैशाख २०७९, बिहीबार १०:४३
;

मकवानपुर । मकवानपुरे सञ्चारकर्मी तथा साहित्यकार मसान उपासकको एक साथ दुई कृति विमोचन गरिएको छ ।

लामो समयदेखि साहित्य लेखनमा क्रियाशिल मसानले कविता र गजल सङ्ग्रह एकसाथ ल्याएका हुन् । साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मसानद्वार लिखित कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ र ‘ अक्षर आराधन’ गजल सङ्ग्रह बुधबार एकसाथ विमोचन गरिएको छ । सङ्गमको प्रेक्षालयमा भएको कार्यक्रममा साहित्यकार मसानका मातापिता गोमा सञ्जेल र रामप्रसा सञ्जेल, साहित्यकार प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरी, साहित्यकार आरसी रिजाल र निमेष निखिलले सयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।

साहित्यकार मसानले पहिलो पटक एक साथ दुई पुस्तक प्रकाशित गरेका हुन् । कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ ४६ वटा कविता सङ्ग्रहित रहेका छन् । यस्तै गजल सङ्ग्रह ‘ अक्षर आराधन’ मा ५७ वटा गजल समावेश गरिएको छ । कविता सङ्ग्रह ९७ र गजल सङ्ग्रह ६४ पृष्ठको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*