अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आशा विशेष पाठशालामा सप्ताहब्यापी कार्यक्रम

हेटौडा न्युज
१७ मंसिर २०७९, शनिबार १५:४३
;

हेटौंडा । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आशा विशेष पाठशालामा सप्ताहब्यापी कार्यक्रम आयोेजना गरिएको छ ।

शारिरीक तथा मानसिक अपाङ्गता भएका बालवालिकाहरु राखिएको हेटौंडा ७ हरियालीटोलमा रहेको आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्रमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बिद्यालयको विव्यस अध्यक्ष बालकृष्ण चौलागाईले बताए ।

२०७१ सालमा हेटौंडेली परिवार नामक गैरसरकारी संस्थाबाट सञ्चालनमा आएको पाठशालाले २०७३ सालमा विद्यालय दर्ता गरेर पठनपाठनको काम गर्दै आएको विद्यालयकी प्रधानाध्यापक रुपा कार्कीले जानकारी दिईन् । विद्यालयमा हाल ५६ जना शारिरीक तथा मानसिक रुपले अशक्तता भएका विद्यार्थीहरु अध्ययन गर्ने उनले जानकारी दिईन् ।

सप्ताहब्यापी कार्यक्रममा बालबालिकाहरुले आफुले उत्पादन गरेको विभिन्न घरायसी सामानको बिक्री कक्ष समेत राखिएको चौलागाईले बताए । मंसिर १६ गतेदेखि २२ गतेसम्म चल्ने कार्यक्रममा चित्रकला लगायत अन्य विभिन्न कृयाकलाप गरिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*