भीमफेदीबाट काठमाडौंसम्म गाडी बोक्ने घलानको मृत्यु

हेटौडा न्युज
८ पुष २०७७, बुधबार १५:२०
;

मकवानपुर । मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउने हिराबहादुर घलानको  मृत्यु भएको छ ।

तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउने ८९ वर्षीय घलानको गएराती मृत्यु भएको हो ।

मकवानपुरको थाहा नगरपालिका– ५ निवासी घलान र दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाको मृत्युसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।

घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए ।

एक वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै बसेर आराम गरिहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*