संसद विघटन विरुद्ध जसपा मकवानपुरको मशाल जुलुस

हेटौडा न्युज
१२ पुष २०७७, आईतवार १०:४३
;

मकवानपुर । संसद विघटन विरुद्ध  जनता समाजवादी पार्टी मकवानपुरले शनिबार मशाल जुलुस निकालेको छ । संसद विघटन असंवैधानिक कदम भएको भन्दै जसपा मकवानपुरले मशाल जुलुस निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओेलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको संसद विघटन विरुद्ध जसपाले गरेको संघर्षका कार्यक्रम अनुसार मसाल जुलुस निकालिएको जसपा मकवानपुरले जनाएको छ ।

हेटौँडा बजारको बैँक रोडबाट शुरु भएको उक्त जुलुुस सिमा चोकमा पुगेर विसर्जन गरेको थियो ।

जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिगामी ओली सरकार मुर्दावाद, असंवैधानिक कदम खारेज गर, प्रतिनिधिसभा पुनर्स्थापना गरौँ जस्ता नारा लगाएका थिए ।

जुलुशमा केन्द्रीय नेताहरु सोनाम सिं स्याङतान, सोबिन थिङ लगायतका प्रदेश तथा जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।

जसपाले आज आइतबार हेटौँडामा विरोध सभा गर्ने तयारी समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*